माछापुच्छ्रे बैंकको एटिएम फोड्दै गरेका कैलाली टीकापुरका एक जना पक्राउ

atm
सुदूर प्रेस संवाददाता

धनगढी–कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्। आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँड छन्। उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 'म सोही ठाउँ नजिकै थिएँ। राति एटिएम फोडिरहेको देखेपछि भित्र थुनेर नियन्त्रणमा लिएका थियौं,'वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले भने। उनका अनुसार खाँड कक्षा १२ पढ्दै गरेका विद्यार्थी हुन्। 'उनले खान नपाएर पैसा चोर्न खोजेको बताएका छन्। तर हेर्दा खान नपाएको जस्तो देखिन्न,'उनले भने,'उनीमाथि थप अनुसन्धान गरिरहेका छौं।' यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित:
२०७७ कार्तिक १७, ०२:३०
SPA
KN
Priya Gahana Pasal