कोरोना सङ्क्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिका– ३ का वडा अध्यक्षको मृत्यु

Death

धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर– ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ । नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ७३ वर्षीय शाहको शुक्रवार बिहान करिब साढे ६ बजे मृत्यु भएको हो । शाहको विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।  शाह  गौरीगंगा नगरपालिकाका प्रवक्ता पनि हुन । शाहको निधनप्रति  प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित:
2020/11/06, 8:07