पछिल्लो २४ घण्टामा कोेरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १ हजार ७० पुग्यो

२ हजार ९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय डिस्चार्ज
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३४ हजार ९०५ छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।

प्रकाशित:
2020/11/06, 5:15