कैलाली टिकापुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Death
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको टिकापुर नगरपालिका-१ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका–१ की ५६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि कात्तिक २० मा उनी शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । सोही दिन गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए । संक्रमण पुष्टि भएसँगै अक्सिजन सपोर्ट दिएर उनको उपचार थालिए पनि शुक्रबार दिउँसो २ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित:
2020/11/07, 6:25