कोरोनाका कारण मृत्यु भएकी कैलालीकी महिलाको शब गाडेर अनतेष्टि गरियो

Corona Update
कैलालीको बर्दगोरीयामा शब व्यवस्थापन गर्दै नेपाली सेना । तस्बिर सौजन्यः– नेपाली सेना
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको टिकापुरका कोरोना सङ्क्रमित पुरुषको परम्परागत तरिकाले जलाएर अनतेष्टि गरीएपनि कैलालीकै एक अर्की महिलाको भने आज गाडेर शब व्यवस्थापन गरिएको छ । बर्दगोरीया गाउँपालिका–४ की ५९ बर्सिया शारदा धामीको स्थानीय पुरैना सामुदायिक बनमा गाडेर शब व्यवस्थापन गरिएको हो । तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले उनको शब व्यवस्थापन गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।  टाउकाको बिरामी भई उपचारका लागी काठमाडौँको न्युरो अस्पतालमा उपचारका लागी गएकी धामीको स्वाब परीक्षण गर्दा कार्तिक १९ गते कोरोना रिपोट पोजेटिभ आएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन । गए राती साढे ११ बजे होम आइसोलेसनमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् । 

यस अघि कैलालीमा पहिलो पटक आज कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरिएको थियो ।   टिकापुर नगरपालिका–१ बस्ने ५० बर्सिय भगवती प्रशाद उपाध्यायको शब टिकापुरको दौलतपुर घाटमा हिन्दु परम्परा अनुसार सेनाले जलाएर अनतेष्टि गरेको हो । यस अघि सम्म सेनाले शब लाई खाल्डोमा गाडेर अनतेष्टि गर्दै आएको थियो । तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले परिवारको आग्रह अनुसार जलाएर अनतेष्टि गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।  मृतक पुरुषमा बोन म्यारो  थियो ।  कार्तिक १५ गते काठमाडौँमा गरीएको परिक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।  गए राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको परिवारजनले बताएका छन् ।  

Corona Update

 

प्रकाशित:
2020/11/07, 9:27