सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी,डडेलधुरा,बझाङ र डोटीमा ३ सय ७७ जनाको परीक्षण गरिएकोमा ५६ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जनाकारी दिए । आज सबैभन्दा बढी धनगढीमा गरिएको परीक्षणमा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उता डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना,बझाङमा १० जना र डोटीमा २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालमा १ सय २४ जनाको परीक्षण गरिएकोमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये २८ जना कैलालीका छन् । 

धनगढी उपमहानगरपालिकाका १९ जनामा सङ्क्रमण देखिएको छ । धनगढीको  वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २जना, यस्तै वडा नम्बर ३, ७ र १२ का एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  गोदावरी नगरपालिकाका ५ जना  र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ ।  उता डडेलधुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/11/10, 4:43