धनगढीका तीन वटा वडामा तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध

dhangadhi

धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी धनगढीका तीन वटा वडामा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १४, १८ र १९ को आज बसेको सर्वदलीय बैठकले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष मुरारी अधिकारीले आज सूचना जारी गर्दै  विवाह,व्रतबन्ध,जन्मदिन जस्ता कार्यक्रममा पनि भिडभाड तथा तडक भडक नगर्न वडा बासी लाई अनुरोध गरेका छन् ।  

 

प्रकाशित:
2020/11/10, 6:31