धनगढीमा उपचाररत एक जना  कोरोना सङ्क्रमित मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचाररत एक जना  कोरोना सङ्क्रमित मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी–९ का ६२ वर्षीय पुरुषको मङ्गलवार बेलुकी साढे ६ बजे  कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनमा भम्भिर खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजेटिभ देखिए पछि उनलाई अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । 

प्रकाशित:
2020/11/11, 6:05