सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

सङ्क्रमित मध्ये ४४ जना कैलालीका
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । आज सबै भन्दा बढी सेती प्रादेशिक अस्पतालमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७२ जनाको परीक्षण गरिएकोमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । त्यस्तै डोटी अस्पतालको प्रयोगशालामा ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

No photo description available.

प्रकाशित:
2020/11/11, 3:07