मंसिर २ गते सार्वजनिक बिदा

bida
सुदूर प्रेस संवाददाता

धनगढी–सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो । मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ(संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,ु विज्ञप्तिमा भनिएको छ ।

किजा पूजा नेवार समुदायमा प्रचलनमा रहेको छ ।

प्रकाशित:
2020/11/11, 6:08
SPA
KN
Priya Gahana Pasal