टिकापुर काण्ड समाधानका लागी कैलालीका दलहरूलाई थारुवान मोर्चाको गुहार

धनगढी–थरुहट थारु वान राष्ट्रिय मोर्चाले टिकापुर काण्ड समाधानका लागी कैलालीका दलहरूलाई गुहारेको छ । कैलालीका राजनैतिक दलहरूलाई  ज्ञापन पत्र बुझाउँदै उसले पहिचान र अधिकारका लागि भएको आन्दोलनका क्रममा टीकापुर घटना भएको भन्दै टीकापुर घटनालाई राजनैतिक रूपले समाधानका लागि  जुट्न दलहरूलाई आग्रह गरेको हो । 

 २०७२ भदौ ७ गते टीकापुरमा थरुहट थारुवानले निकालेको प्रदर्शनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सहित ८ जनाको ज्यान गएको थियो । उक्त घटनामा कैलाली जिल्ला अदालतले दोषी ठहर गरेका हालका सङ्घीय सांसद रेशम चौधरी सहित ११ जना अहिले पनि कारागारमा छन् । टीकापुर घटनाका दोस्रो दिन टीकापुरमा रहेका थारुहरूका घर, पसलमा आगजनी र तोडफोड भएको थियो ।

 भदौ ७ गतेको घटनालाई मात्र राज्यले प्राथमिकता दिएको तर भदौ ८ को घटनाका दोषीहरूलाई कारबाही नगरिएको ज्ञापन पत्रमा असन्तुष्टि जनाइएको छ । थरुहट थारु वान मोर्चा कैलालीका संयोजक माधव थारुले  ज्ञापन पत्र बुझाएका हुन् ।

 ज्ञापन पत्र बुझ्दै नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु,नेकपा कैलालीका सङ्गठन विभाग प्रमुख रण बहादुर चन्दले यसको समाधानका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

Image may contain: 5 people, people standingImage may contain: 5 people, people standing and indoorImage may contain: 1 person, standingImage may contain: 4 people, people sitting, people standing and indoor

प्रकाशित:
2020/11/12, 6:45