सुदूरपश्चिममा परीक्षण गरिएका मध्ये करिब ९ प्रतिशतमा कोरोना सङ्क्रमण

Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षण गरिएका मध्ये हालसम्म करिब ९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा हाल सम्म १ लाख ११ हजार २ सय ७ जनाको नमुना सङ्कलन गरी पीसीआर परीक्षण गरिएकोमा ती मध्ये १० हजार २ सय ६९ जना अर्थात् करिब ९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । सङ्क्रमित मध्ये ८ हजार ७ सय ८ जना अर्थात् करिब ८५ प्रतिशत निको भइसकेका छन् । १ हजार ५ सय ३२ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबैभन्दा बढी ६ सय ४ जना कैलालीमा छन् । ९० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ५ जनालाई आइसियुमा भर्ना गरिएको छ ।  १ हजार ३५ जना सङ्क्रमित घरमै बसेर कोरोना सँग लडिरहेका छन् । हाल सम्म २९ जनाको मृत्यु भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

यस्तो छ सुदूरपश्चिम प्रदेशमा हालसम्मको परीक्षणको अवस्थाः–

 

प्रकाशित:
2020/11/12, 9:21