गोली प्रहारबाट एक युवतीको हत्या

goli
सुदूर प्रेस संवाददाता

रौतहट–रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ। गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्। अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ। अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्।  गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्। 

प्रकाशित:
२०७७ कार्तिक २७, ११:०९
SPA
KN
Priya Gahana Pasal