सशस्त्र प्रहरीद्वारा कैलालीमा भन्सार छलेर ल्याइएको ६६ लाख भन्दा बढीको समान बरामद

taskar
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी– सशस्त्र प्रहरीले कैलालीको सीमा क्षेत्रमा कडा निगरानी गरेपछि तस्करहरुले भारतबाट भन्सार छलेर ल्याइएको अबैध सामान  धमाधम पक्राउ पर्न थालेको छ । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमावर्ती क्षेत्र वाट गएको चौमासिक अवधिमा अवैध रूपमा आयात निर्यात भएका   ६६ लाख २१ हजार ९८१ मूल्य बरावरका विभिन्न सामान बरामद गरिएको छ ।
  सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले सीमावर्ती क्षेत्रमा आयात निर्यात भइरहेको अवस्थामा बरामद गरेका यी समान भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको मध्ये रु ५१लाख ९६हजार ४८१मूल्य बरावरको लत्ताकपडा, खाद्यान्न रासायनिक मल, हार्डवेयर,हरियो केराउ लगायतका समान रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले बताए । 
 यस्तै  ११ लाख ५३हजार ५०० बराबरको अवैध काठ र काठ बोक्न प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा बुझाइएको छ । 
दुई लाख ७२हजार बरावरका अवैध माछा र कुखुरा बरामद गरी नष्ट गरिएको छ । लागु औषध ब्राउन सुगर,खैरो हिरोइन, चरेस सहित यसको तस्करी र ओसार पसारमा संलग्न आठ जनालाई समेत पक्राउ गरिएको छ । 
 सीमा क्षेत्रमा चोरी तस्करी जस्ता अवैध र अबाञ्छि गतिविधि पहिलेको भन्दा घटेका छन्,प्रहरी उपरीक्षक कुँवरले भने–थप सात ठाउँमा बिओपि स्थापना गर्न सकिएमा चोरी तस्करी जस्ता अवैध कार्य नियन्त्रण थप प्रभावकारी हुने छ ।
 कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा आवश्यक थप सात ठाउँमा बिओपी थप्ने प्रक्रिया  अघि बढेको जनाइएको छ ।
 कैलाली जिल्लाको १०१ किमी सीमा भारतसँग जोडिएको छ । सीमा क्षेत्रमा हाल सशस्त्र प्रहरी बलको १२ ठाउँमा रहेका सीमा सुरक्षा पोस्ट (बिओपि)मार्फत नियमित गस्ती भइरहेको छ ।
  अहिले सम्म प्रत्येक दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको एक विओपि रहेकोमा अब प्रत्येक पाँच किलोमिटरको दूरीमा एक बिओपि स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ । 
 जिल्लामा रहेका सशस्त्र प्रहरीका चार वटा सुरक्षा बेसबाट राजमार्ग सुरक्षा प्रदान गर्ने कार्य भइरहेको छ ।  पछिल्ला महिनामा देखिएको कोभिड—१९को महामारीको समस्या उत्पन्न भएसँगै सीमा क्षेत्र वाट खटिएको सशस्त्रले सर्वसाधारणको आवागमन रोक्न अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ  । 

प्रकाशित:
2020/11/13, 2:44