काठमाण्डौ–चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताउनुभयो । डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहनुभएको छ । केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोड्नुभएको थियो ।
आजको मिति