पार्टीमा देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री ओली भएको प्रचण्डको आरोप

kp pk
तस्बिरः– सूर्य थापाको फेसबुक पेजबाट
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि यसपालि दाहालले एक्लै प्रतिवेदन पेश गरेका छन् । शुक्रबार बालुवाटारमा केहीबेर मात्रै बसेको बैठकमा दाहालले भिन्दै प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा उनले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो,’ शुक्रबारको सचिवालय बैठकमा पेश भएको दाहालको प्रस्ताव प्रतिवेदनमा छ ।

Image may contain: one or more people, people sitting, table and indoor

प्रकाशित:
2020/11/13, 9:20