बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

Death
प्रतिकात्मक तस्बिर

बैतडी–बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोटका ३२ वर्षीय अरुण महराको मृत्यु भएको हो । 

अनेरास्ववियु जिल्ला कमिटी बैतडीका तत्कालीन (२०६७/०६८ सालका) उपाध्यक्ष, जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका स्वबियु सभापति समेत रहेका महराको स्थानीय बजारबाट घर जाने क्रममा घर नजिकैको खुर्रा भीरबाट लडेर मृत्यु भएको  स्थानीय दानबहादुर भाटले बताए । 
 

प्रकाशित:
2020/11/16, 3:04