पार्टी फुटाएर देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं : नेता रावल

सुदूर प्रेस संवाददाता

धनगढी— नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले सामाजिक सञ्‍जालमा  पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन् । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।


 

प्रकाशित:
2020/11/18, 12:24