जिपको ठक्करबाट बाजुरामा बालकको मृत्यु

Death
फाइल तस्बिर

बाजुरा–बाजुराको खप्तड छेडेदहमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै जाँदै गरेको जिपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका–१ कुणीका १० वर्षीय रमेश लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्करपछि घाइते भएका बालकको बयलपाटा अस्पतालमा उपचारको क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदन जीत महराले बताए । ठक्कर दिने सुप त ०१ ज १०२००३ नम्बरको जिप र चालकलाई नियन्त्रणमा लिइसकेको उनले बताए । 

प्रकाशित:
2020/11/18, 3:09