कञ्चनपुरको सीमा क्षेत्रबाट मोटर साइकल सहित २ लाख बडीको अवैध सामान बरामद

pakrau
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा पर्ने सडक घाट बाट सशस्त्र प्रहरीले आज २ लाख भन्दा बडीको भारतबाट भन्सार छलेर ल्याइएको अवैध सामान बरामद गरेको छ । भारतीय  प्लेटको UP26Z8126 नम्बर मोटरसाइकल सहित बिडी, स्याम्पु, सलाई, डी.ए.पी.र युरिया मल गरी २ लाख ५ हजार एक सय ८० मूल्य  बराबरको समान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेस्वरी हेड क्वाटर कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । सशस्त्र प्रहरी निरीक्षक जय बहादुर महताको कमान्डमा खटिइएको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएको सामान गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । कञ्चनपुरको सीमा क्षेत्रबाट पछिल्लो समय तस्करी मौलाएको छ । दिनहुँ अवैध सामान पक्राउ पर्ने गरे पनि तस्कर समात्न भने प्रहरी असफल भएको छ । 

 

प्रकाशित:
2020/11/18, 9:26