स्वास्थ्य सावधानी अपनाएर छठ पर्व मनाउन मुख्यमन्त्रीको आग्रह 

cm
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारी बाट जोगिन सावधानीका साथ छठ पर्व मनाउन आग्रह गरेका छन्  । छठ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण प्रदेशवासीमा सुख,शान्ति,समृद्धि एवं सु–स्वास्थ्यको कामना गरेका छन् । छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु-याउन प्रेरणा प्रदान गरोस् भन्ने पनि कामना मुख्यमन्त्रीले गरेका छन् । 

Image may contain: text that says "मुख्यमन्त्री २०७४ सुदूरपश्चिम प्रदेश शुभकामना छट पर्व २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, एवं सु-स्वास्थ्यको कामना सहित शुभकामना व्यक्त गर्दछु कोरोना भाइरस (कोभीड-१९) को संक्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई सावधानीका साथ छट पर्व मनाउन हुन अनुरोध गार्दु यस पर्वले प्रदेशवासीहरुमा समाजिक एवं सांस्कृतिक एकता तथा पारीवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस भत्ने कामना गार्दछु मिति: २०७७ ος ०५ त्रिलोचन भट्ट"

 

प्रकाशित:
2020/11/20, 7:23