कञ्चनपुरको वेलडाँडी गाउँपालिका ५ का अध्यक्ष झुन्डिएको अवस्थामा मृत फेला

Death
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको वेलडाँडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण रोकाया  झुन्डिएको अवस्थामा आज मृत फेला परेका छन् । घर भन्दा करिब २ सय मिटर दुरीमा रहेको मध्यवर्ती किसान सामुदायिक वनमा ५७ वर्षीय  रोकाया आज झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल डाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । उनका अनुसार उनी बिहान ७ बजे घरबाट निस्केका थिए । घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/20, 1:05