जोर्जिआको पुन: मतगणनामा पनि बाइडन नै विजयी, ट्रम्पको चुनौती तीन राज्यमा समाप्त

bbc

बिबिसी–अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन्। योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ।

जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन्। बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले 'अतुलनीय गैरजिम्मेवारीपन' देखाएको बताए। 
नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ।

जोर्जिआमा के भयो?

बिहीवार जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुन: मतगणनाले नतिजा परिवर्तन नगरेको बताए।

"जोर्जिआमा भएको पहिलो ऐतिहासिक राज्यभर गरिएको पुन: मतगणनाले यहाँको नयाँ सुरक्षित मतदान प्रणालीमार्फत आएका मतको सहि गणना भएको प्रमाणित भएको छ," उनले बताए।

बाइडन

तस्बिर स्रोत,REUTERS

पुन: मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ।

यो नतिजा शुक्रवार प्रमाणित गरिने बताइएको छ।

जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले सीएनएनसँग कुरा गर्दै जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन्।

उनले ६,००० गणना नभएको मत पाइएको जुन गणना गर्दा मतान्तर कम भएको बताउँदै ती मानवीय त्रुटिका कारण नगनिएका बताइन्।

फ्लोयड काउन्टीले निर्वाचन प्रबन्धकलाई ती मतगणना नभएका विषयका कारण बर्खास्त गरेको छ।

ट्र्म्प

तस्बिर स्रोत,GETTY IMAGES

ट्रम्पको कानुनी चुनौतीको अवस्था

बिहीवारसम्म ट्रम्पको कानुनी चुनौती जोर्जिआ, एरिजोना र पेन्सिल्भेनियामा समाप्त भएको छ।

जोर्जिआमा बाँकी रहेको अन्तिम कानुनी चुनौती बिहीवार अदालतले अस्वीकार गरिदिएको छ। सो चुनौतीमा नतिजा प्रमाणीकरणलाई रोक्ने प्रयास गरिएको थियो।

मुद्दा खारेज गर्ने न्यायाधीश गत वर्ष ट्रम्पले नियुक्त गरेका हुन्।

एरिजोनामा एक न्यायाधीशले त्यहाँको सबैभन्दा ठूलो काउन्टी मारीकोपामा पुन: मतगणना हुनुपर्ने माग खारेज गरिदिएका छन्।

पेन्सिल्भेनियामा भने २,००० भन्दा बढी हुलाकबाट पठाइएका मत गणना नगराउन गरिएको प्रयास खारेज भएको छ।

प्रकाशित:
2020/11/20, 1:45