काँग्रेस कैलालीको ३९ औँ बैठकले गर्‍यो यस्तो निर्णय

सुदूर प्रेस संवाददाता

धनगढी–नेपाली काँग्रेस कैलालीले  क्रियाशील सदस्यता नवीकरण फारम सङ्घीय निर्वाचन क्षेत्रीय कार्य समितिलाई बुझाउने निर्णय गरेको छ ।

काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुको अध्यक्षतामा आज धनगढीमा बसेको ३९ जिल्ला कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

त्यसै गरी बैठकले क्षेत्रीय कार्य समितिले मातहतका निकायमा कार्य योजना अनुसार फारमहरू वितरण गर्ने पनि निर्णय गरेको काङ्ग्रेस कैलालीका सभापति  शाहले जानकारी दिए । 

कार्यतालिका अनुसार संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिले आउँदो मंसिर ९ गते भित्र नविकरण फारम प्रदेश समितिलाई फारम वितरण गर्ने काँग्रेसले जनाएको छ । प्रदेश समितिले मसिर १२ गते सम्म गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गर्ने, गाउँ नगर कार्यसमितिले मंसिर १५ गते भित्र वार्ड कार्य समितिलाई फारम उपलब्ध गराउनेछन् ।

वडा कार्य समितिललाई नविकरण फारम भराई  २५ गते गाउँ र नगर कार्य समितीमा पठाउनुपर्ने छ भने २९ गते भित्र प्रदेश समितिले संघीय निर्वाचन क्षेत्रमा पठाउनुपर्ने काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, पुर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारी, पूर्व मन्त्री मोहन सिंह राठौर, पुर्व मन्त्री जनक चौधरी जिल्लाका पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

Image may contain: one or more people

 

प्रकाशित:
2020/11/21, 4:52