कञ्चनपुरमा वन पैदावार हानी–नोक्सानी मुद्दामा दोषी ठहर भई फरार रहेका चार जना पक्राउ

फाइल तस्बिर

वन पैदावार हानी-नोक्सानी मुद्दामा फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय प्रहरी कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका-४ बगुन बस्ने करन प्रकास ओड र सोही ठाउँ बस्ने रजुवा भनिने राजेन्द्र दयाल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

कञ्चनपुर जिल्ला अदालतको २०७६ असोज २९ गतेको फैसलाले दुवै जनालाई जनही दुई/दुई महिना कैद र २० हजार ६९० रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसलापछि दुवै जना फरार रहेका थिए। पक्राउ परेका दुवै जनालाई प्रहरीले आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको छ। 

यसैगरी, ज्यान सम्बन्धी कसुर मुद्दामा सर्वोच्च अदालतको आदेशले तीन वर्ष कैद सजाय पाएका पुर्नवास नगरपालिका-८ बस्ने भीम भनिने प्रेम क्षेत्रीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको छ। 

सर्वोच्च अदालतले क्षेत्रीलाई २०७३ भदौ १३ गतेको फैसला अनुसार तीन वर्ष कैद सजाय तोकेको थियो। ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएका बेदकोट नगरपालिका सुडा बस्ने उत्तम सिंह साउदलाई समेत प्रहरीले पक्राउ गरेको छ। साउदलाई कञ्चनपुर जिल्ला अदालतले एक वर्ष जेल सजाय तोकेको छ।

प्रकाशित:
2020/11/22, 9:17