कञ्चनपुरको पुर्नवासमा सधैँ भारतीय सुरक्षा बलको थ्रेट 

शिवलालको हत्या पछि गाउँले त्रसित
Hataya
शिवलालको हत्या पछि भावविहल उनको परिवार
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको पुर्नवास त्यही क्षेत्र हो, जहाँ तीन वर्ष अघि नेपाली युवा गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीले   गोली प्रहार गरी हत्या गरेका थिए । 

पुर्नवासमै एसएसबीको गोली प्रहारबाट हत्या गरिएका गोविन्द गौतमको सालिक

त्यस क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय नेपाली बिचको विवादले पटक–पटक तनाव हुँदै आएको छ ।

गत बिहीबार (७) गते दशगजा क्षेत्रमै पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटियो । 

तीन दिनदेखि हराइरहेका राना बिहीबार दशगजा नजिकको भारतीय जङ्गलमा बीभत्स गोली प्रहार गरी मारिएको अवस्थामा भेटिए ।

उनको शव आफन्तले नेपाल ल्याउन खोजे पनि भारतीय सुरक्षाकर्मीले आफ्नो भूमिमा घटना घटेको भन्दै ल्याउन दिएन । 

शव लखिमपुर लग्यो र भोलिपल्ट मात्रै पोस्टमार्टम गरेर शव आफन्तलाई दियो । आफन्तले उनको नेपाल ल्याएर दाहसंस्कार पनि गरी सकेका छन् ।

तर घटना बारे भारतीय सुरक्षा निकायले अहिले सम्म परिवार लाई कुनै जानकारी दिएको छैन । 

Hatya गोली हानि हत्या गरिएका शिवलाल राना

परिवारका सदस्य तथा गाउँलेले उनको हत्या भएको र त्यसमा भारतीय सीमा सुरक्षा बलको संलग्नता हुन सक्ने आशङ्का गरेका छन् ।

मृतक रानाका भाइ नन्दलाल राना भन्छन्–मेरो भाइ नत तस्कर न सिकारी कसले किन मा¥र्यो जवाफ चाहिन्छ ।

यस विषयमा न्यायका लागी परिवारजनले सरकार लाई आग्रह गरेका छन् । 

सीमा विवाद समाधान नहुँदा यस क्षेत्रमा पटक–पटक समस्या दोहोरिँदै आएको छ । आफ्नै नाममा जग्गा पुर्जा हुँदा पनि स्थानीयले टेक्न पाउँदैनन् कतिपय बेला त एसएसबीले नेपाल तिरै आएर कुटेको सम्मका घटना भएका छन् ।

यिनै कारण स्थानीय सधैजसो त्रासमा हुन्थे भने यो घटनाले झनै भय सिर्जना गरेको पुर्नवास नगर पालिकाका मेयर जीवन थापा बताउँछन् । सरकारले सीमाबिबाद समाधान नगरीदिंदा स्थानीयले सधैँ भारतीयको थ्रेटमा बस्नु परी रहेको उनको भनाइ छ । 

 केही दिन अघि हतियार सहित कञ्चनपुर पसेका एसएसबी

भारतीय सुरक्षाकर्मीको दुर्बेहार त नियमित जस्तै भइरहेको पुर्नबासका स्थानीय लक्ष्मी नारायण चौधरी बताउँछन् । 

घरमै आएर पनि अनावश्यक खान तलासी गर्ने सीमामा आउजाउ गर्दा हेप्ने त सामान्य जस्तै भएको उनको भनाइ छ । स्थानीय प्रशासनले पनि यो विषयमा जानकार हुँदा हुँदै पनि खासै वास्ता नगरेको उनीहरूको गुनासो छ । 

अहिले भएको घटनाको तथ्यगत छानबिनसहित त्यहाँ देखिँदै आएको समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयले सरकारसँग माग गरेका छन् । 

 

प्रकाशित:
2020/11/23, 9:45