धनगढीमा पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज हुने

cricket

धनगढी– धनगढीमा पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज आयोजना गरिने भएको छ ।

सर्वोच्च शिखर युवा क्लबको आयोजनमा धनगढी–१३ मा रहेको जनता मा बि को खेल मैदानमा आगामी  शनिवार (१३) देखि रात्रिकालीन क्रिकेट सिरिज गर्न लागिएको क्लबका अध्यक्ष अनन्त वोहराले जानकारी दिए ।

रात्रिकालीन क्रिकेटको सम्भाव्यता परिक्षण गर्न उमेर समूहमा नेपालकै पहिलो क्रिकेट सिरिज गर्न लागिएको उनले बताए ।

 

प्रकाशित:
2020/11/26, 9:25