महेन्द्रनगरमा मृत भेटिएका २५ वर्षीय कमल असोजमा काम गर्न भन्दै घरबाट हिँडेका थिए

hatya
सुदूर प्रेस संवाददाता

धनगढी–महेन्द्रनगरमा मृत भेटिएका युवक वेदकोट नगरपालिका–४ को मा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको पुष्टि भएको छ । 

आज  बिहान महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेसको छेउमा फुल घेर बार गर्न बनाइएको बेरामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा  उनको शव भेटिएको  हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  दमाई ज्यालादारी गर्ने भन्दै गत असोजमा  स्याङ्जा जान्छु भन्दै हिँडेका र  बिहीबार बुवालाई फोन गरी घर फर्किरहेको जानकारी गराएको पाइएको बताए। 

दमाईको मृत्युको कारण भने अझै खुलेको छैन। अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

प्रकाशित:
2020/11/27, 4:59