नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो

fifa
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।


यसअघि १ सय ७० औं स्थानमा थियो । नेपालले ९ सय ६८ अंक हासिल गरेको छ । दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ । बंगलादेश १ सय ८४ औं स्थानमा छ । भुटान १ सय ८९ औं स्थानमा रहेको छ ।

पाकिस्तान २ सय औं स्थानमा रहेको छ । यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

प्रकाशित:
2020/11/28, 7:12
SPA
KN
Priya Gahana Pasal