कञ्‍चनपुरमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु

फाइल तस्बिर

कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका १८ सालघारीका ४० वर्षीय घुम्मन राना र बेलौरी नगरपालिका घर भई भीमदत्त नगरपालिका ४ जनज्योति टोलमा बस्ने २५ वर्षीय गणेश रानाको मृत्यु भएको हो ।

‘सेप्टिक ट्यांकी सफा गर्न गएको दुवै जनाको राति नै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘निसास्सिएर मृत्यु भएको हुन सक्छ ।’

प्रकाशित:
2020/11/28, 12:20