कञ्चनपुरबाट लागु औषध खैरो हेरोइन सहित युवक पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका –१८ सालघारी बस्ने १९ वर्षीय  शिखर जोशी लाई  ६/७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको नं. ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । 

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट झिलमिलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक उत्तर सिंह बिस्टको कमान्डमा खटिएको 

टोलीले बेलडाडी गाउँपालिका–३ कालो पुल इलाकाबाट उनलाई पक्राउ गरेको थियो । 

 

प्रकाशित:
2020/11/28, 9:28