हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै सयौं मोटरसाइकल र्‍यालीमा

नेपालगन्ज –हिन्दु राज्य र राजसंस्थाको माग गर्दै हिन्दु राष्ट्रवादीले शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकलबाटर्‍ याली निकालेको छ। 

Image may contain: 5 people, crowd

बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट सुरु भएको मोटर साइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। 

न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड, वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन, घरबारी टोलहुँदै धम्बोझी चोकसम्म प्रदर्शन गरिएको थियो। 

Image may contain: 2 people, people sitting, crowd and outdoor

नेपालको राष्ट्रिय झन्डा बोकेका प्रर्दशनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए। 

प्रकाशित:
२०७७ मंसिर १३, ०९:५२
SPA
KN
Priya Gahana Pasal