धनगढीमा जारी रात्रिकालीन क्रिकेट सिरिजको पहिलो खेलमा शिखर वारियर्सको जित

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन क्रिकेट  सिरिजको पहिलो खेलमा शिखर वारियर्स विजय भएको छ ।

धनगढी–१३ मा रहेको जनता मा बि को खेल मैदानमा शनिबार राती टस जितेर पहिले ब्याटिङ रोजेको वारियर्सले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा ८१ रन बनाउन सक्यो । जसमा रोहन भट्ट ले २५ रन बनाउँदा कप्तान मोहित बोहराले उत्कृष्ट ब्याटिङ सहित ३० रन बनाए । लक्ष्य पछ्याउने क्रममा किरन बोहराको घातक बलिङ सामु लायन्स जितको बाटो खोज्न सकेन र ३१ रनले पराजित हुन पुग्यो ।

लायन्सका ओपनर विवेक जोशी पहिलो बलमै गोल्डेन डक आउट भए । केही बेर कप्तान लक्ष्मण भट्टले समाले पनि उनले उत्कृष्ट क्याच समातिए पछि टिम प्रेसरमा आएको थियो । 

सर्वोच्च शिखर युवा क्लबको आयोजनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार र सोमबार एक–एक खेल हुनेछन् ।

यस क्षेत्रमा रात्रि कालिन क्रिकेटको सम्भाव्यता अध्ययन गर्न  र युवाहरूलाई खेल गतिविधिमा सक्रिय गराउन खेल आयोजना गरिएको क्लबका अध्यक्ष अनन्त वोहराले जानकारी दिए । आगामी दिनमा व्यवस्थित गर्दै यसलाई निरन्तरता दिइने उनले बताए ।

साथै खेल हेर्न आएका दर्शकहरू पनि प्रतियोगितामा रमाएका थिए । 

Image may contain: 1 person, outdoor, text that says "REDMI NOTE 9 PRO Al QUAD CAMERA"

 

प्रकाशित:
2020/11/29, 6:42