धनगढीमा जारी  रात्रि कालिन सिरिजको दोस्रो दिनको खेलमा  लायन्स विजयी

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा जारी  रात्रि कालिन सिरिजको दोस्रो दिन आइतबार भएको खेलमा क्लब लायन्स विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको लायन्स ले १९ दशमलव  ओभरमा एक १ सय ११  रन बटुल्यो जसमा आदर्श बमले २२ रन बनाए । उक्त खेलमा पनि किरन बोहराको  उत्कृष्ट बलिङ रह्यो १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा वारियस ७३ रनमै समेटिन पुग्यो । जसमा ओपनर कप्तान मोहित बोहरा १५ रन र रोहन भट्टले सार्बाधिक २० रन बनाए पनि टिमलाई जिताउन सकेन ।  सिरिज एक एकको बराबरीमा पुगे सँगै आज निर्णायक खेल हुने भएको छ । 

सिरिजको अन्तिम तथा  निर्णायक खेल आज  साँझ सवा ६ बजेदेखि  देखि हुने क्लबका अध्यक्ष अनन्त बोहरा (गजेन्द्र) ले जानकारी दिए । 

प्रकाशित:
2020/11/30, 7:23