अछाममा बस खस्दा एकको मृत्यु, १७ घाइते

Accident
सुदूर प्रेस संवाददाता

अछाम –अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् । जिल्ला प्रशासन कार्यालयका अनुसार ना४ख ९९७२ नम्बरको यात्रुवाहक बस सोमबार बिहान सडकबाट खसेको हो । 

मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय नीरज कुँवर रहेको स्थानीयले जनाएका छन् ।

चालकसहित १८ जना सवार रहेको उक्त बस सडकबाट खसेको प्रारम्भिक जानकारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म ७ जनालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।

प्रकाशित:
2020/11/30, 11:52
SPA
KN
Priya Gahana Pasal