धनगढीमा भएको  प्रथम रात्रिकालीन  क्रिकेट सिरिजको उपाधि वारियर्सको कब्जामा

सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको  प्रथम रात्रिकालीन  क्रिकेट सिरिजको उपाधि शिखर वारियर्सले हात पारेको छ । 

धनगढी–१३ मा रहेको जनता मा बि को खेल मैदानमा सोमबार राती  एक–एक को बराबरीमा रहेको सिरिज वारियर्सले आफ्नो कब्जामा पारेको हो । 

टस जितेर पहिले ब्याटिङ राजेको वारियर्सले निर्धारित ओभरमा ८५ रन मात्रै बनाउन सक्यो प्रति उत्तरमा ब्याटिङ गरेको लायन्स ले लक्ष्य प्राप्त गर्न सकेन र ९ रनको हार बेहोर्न  पुग्यो । सिरिज विजेतालाई नगद तथा ट्रफि प्रदान गरिएको थियो । 

यस क्षेत्रमा रात्रिकालीन क्रिकेट विकास र सम्भावना अध्ययन गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजक सर्वोच्च शिखर युवा क्लबका अनन्त वोहरा (गजेन्द्र) ले जानकारी दिए । आगामी दिनमा व्यवस्थित गर्दै यसलाई निरन्तरता दिइने उनले बताए ।

साथै खेल हेर्न आएका दर्शकहरू पनि प्रतियोगितामा रमाएका थिए । 

खेल सञ्चालनका लागि धनगढी उपमहानगरपालिका–१३ का वडा  अध्यक्ष विजय जोशीले सहयोग गरेको क्लबका अध्यक्ष वोहराले बताए ।

 

प्रकाशित:
2020/12/01, 7:14