८ नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)

सुदूर प्रेस संवाददाता

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गरेका हुन्। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू-


टोपबहादुर रायमाझी-उर्जा
मणि थापा-खानेपानी
प्रभु साह-शहरी विकास
प्रेम आले-वन 
गणेश ठगुन्ना-सामान्य प्रशासन 
गौरी शंकर चौधरी-श्रम
दावा लामा-युवा तथा खेलकुद
जुली कुमारी महतो-महिला बालबालिका
विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ-कानून
शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा


यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।


युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

प्रकाशित:
2020/12/25, 8:04