प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सडकमा

congress
सुदूर प्रेस संवाददाता

धनगढी–प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

Image may contain: 4 people, outdoor

यस क्रममा कांग्रेशले सुदूरपश्चिम प्रदेशमा पनि विरोध प्रदर्शन गरेको थियो । धनगढीमा भएको प्रदर्शनमा सयौँ कार्यकर्ता सहभागी भए । उनीहरूले सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।

Image may contain: 3 people, people standing and outdoor

क्याम्पस चौक बाट मोटरसाइकल ¥याली सहित निकालिएको प्रदर्शन ट्राफिक चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा कांग्रेश कैलालीका सभापति नरनारायण शाह,नगर सभापति नृप वड लगायतले सम्बोधन गरेका थिए । 

Image may contain: 13 people, people on stage and outdoor, text that says "राष्ट्टियता लोकतन्र समाजवाद एकाधिकारवाद, संसद विघटन, सर्वसत्तावाद, अधिनायकवाद, विरोध ्याली तथा सभा भ्रष्टाचार र अनियमितता बिरुद्धमा आयोजित २०७७ पौष १३ आयोजक: Dात नेपाली"

Image may contain: 10 people, people standing and people on stage

 

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए ।

Image may contain: 1 person, dancing, crowd and outdoorImage may contain: 2 people, outdoor

प्रकाशित:
2020/12/28, 7:34