कञ्चनपुरमा करिब १ लाख बराबरको अवैध सामान बरामद

police
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको करिब १ लाख बराबरको अवैध सामान बरामद गरेको छ। 

दोधारा चाँदनी नगरपालिकास्थित गौरीशंकर, बयलबन्दा र जमुनाघारी इलाकाबाट ९० हजार बराबरको भन्सार छलेर ल्याएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। 

बरामद भएका युरिया मल, चिनी, सुर्ती, गुट्का, प्याज, गुड, मसला, हार्डवेयरका सामान र माछा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी र माछा पशु क्वारेनटिनमा बुझाइएको उनले बताए । 

प्रकाशित:
२०७७ पुष १३, ०७:५३
SPA
KN
Priya Gahana Pasal