धनगढीमा एक जना व्यापारीको कन्चटमा पेस्तोल ताकेर लुटपाट

lutpat
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीका एक जना व्यापारीको कन्चटमा पेस्तोल ताकेर लुटेराले नगद र रिचार्ज कार्ड लुटेर फरार भएका छन् । 

सोमबार साँझ करिब पौने ८ बजे तिर ६ लेन सडक छेउ बोराडाडीमा रहेका यादव प्रसाद भट्टको न्यु विशाल भण्डार किराना पसलमा  पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले हल्लाखल्ला गरे मार्ने धम्की सहित करिब ५२ हजार नगदसहित बेच्न राखिएको रिचार्ज कार्ड लुटेर भोगेको सञ्चालक भट्टले बताए। 

लुटेराले  पसल अगाडी मोटर साइकल रोकेर सुरुमा रिचार्ज कार्ड मागेका थिए । 

रिचार्ज कार्डको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल तोकेका थिए ।

त्यस क्रममा एक जना ग्राहक पनि त्यहाँ रहेको र डरले भागेकी थिइन ।

केही छिनमै उनले आसपासका मान्छेलाई बोलाए पनि उनी लुटपाट गरेर फरार भइसकेका थिए । लगत्तै प्रहरी घटनास्थल पुगे पनि अहिले सम्म लुटेरा लाई पक्राउ गर्न सकेको छैन ।

किराना पसल सञ्चालन गरेको भट्टको आफ्नै घर हो । 

 

प्रकाशित:
2020/12/29, 7:45