वाणिज्य बैंकका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कागजात किर्ते गरी कर्जा दुरुपयोग
Bank
सुदूर प्रेस संवाददाता

धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षत्री, उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ताविरुद्ध एक करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । उनीहरूमाथि किर्ते कागजातको मूल्यांकन गरी ऋण प्रवाह गरेको आरोप छ ।

यस्तै, ऋण लिने रिजवान अहमत जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूमाथि ७५ लाखदेखि एक करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । धितो मूल्यांकनकर्ता कर्णबहादुर के–केमाथि समेत एक करोड २५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित:
२०७७ पुष १५, ०७:३६
SPA
KN
Priya Gahana Pasal