ओली पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा के भने लेखराज भट्टले

Lekhraj bhatta
सुदूर प्रेस संवाददाता

काठमाडौँ –नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् । ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा भट्टले संघीयता र गणतन्त्रको रक्षा गर्नका लागि प्रधानमन्त्रीसँग काँध मिलाएको बताए । 

Image may contain: 1 person, on stage and indoor
दाहाल-माधवकुमार नेपालहरू सडकमा 'हामी यहाँ छौं' भनिरहेको प्रति व्यंग गर्दै बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टले भने, 'उहाँहरूलाई हामीले खोज्न जानुपर्ने स्थिति छ, कहाँ हुनुहुन्छ भनेर । देशका कुनाकाप्चामा कहाँ कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने दायित्व प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ ।'

'पार्टी, संघीयता र गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्रीसँग काँध मिलाएका छौं,' भट्टले भने । पार्टीमा सैद्धान्तिक, वैचारिक, सांगठनिक समस्या के हो भन्ने कहिँ पनि छलफल नभएको भन्दै उनले त्यसको दोष दाहाल नेपाल पक्षको भएको बताए ।

दाहालले पूर्वमाओवादीलाई एमालेसँग एकता गर्दा ओलीलाई आफूले नचिनेको र भन्दै विश्वासघात गरिएको बताए । 'एकता हुँदा मैले चिनेको प्रचण्डलाई थिएँ । केपीलाई चिनाउने प्रचण्ड हुन् । विश्वासघात प्रचण्डले गर्नुभयो कि हामीले गरेका थियौं ?,' उनले थपे, 'विश्व कम्युनिस्ट आन्दोलदनको सुनौलो इतिहास हामीले लेखेका छौं । एक नम्बरमा अध्यक्ष ओली, दोस्रोमा म आलोपालो अध्यक्षता गर्छौ । ऐतिहासिक घडीमा हामीलाई साथ दिनुपर्छ भन्नुभयो । अहिले सडकमा आउ भन्नुहुन्छ । कसमा विचलन भएको छ ?'

भट्टले पूर्वमाओवादी एक बनौं भन्न नमिल्ने बताए । उनले एमाले र माओवादी विगत भइसकेकाले अहिले ओलीको अगुवाइमा अगाडि बढ्नुपर्ने धारणा राखे । 'हामी पूर्वमाओवादी यता भन्ने हो भने माधवकुमार नेपाललाई यता पठाइदिनुपर्‍यो नि !'

Image may contain: one or more people and crowd, text that says "REDMI NOTE AI QUAD CAMERA"


'दाहालले जहिले पनि क्रमभंग, धक्का, महाविपत्ती जहिले पनि ल्याउनुहुन्छ । अलिकति सोझियो कि महाविपत्ति ल्याउनुहुन्छ । देशलाई महाविपत्तीमा लग्नुहुन्छ,' भट्टको भनाइ थियो ।

दाहालले प्रधानमन्त्री बन्न खोजेको र माधवकुमार नेपालले दोस्रो वरियताको अध्यक्ष खोज्दा पार्टीमा अहिलेको अवस्था आएको बताए ।

प्रधामन्त्री ओलीले ल्याएको 'सुखी नेपाली, समृद्ध नेपाल' नारा नभएर विचारधारा भएको भट्टको भनाइ थियो ।

Image may contain: 2 people, crowd, text that says "$ REDMI NOTE9 AI QUAD CAMERA"

प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन गरिएको भट्टको भनाइ थियो । दाहाल र नेपालले प्रधानमन्त्रीको कुर्सी ताकेर मात्रै बसेको तर सरकारले गरेका कामको प्रसंसा नगरेको भन्दै उनले असन्तुष्टि पनि पोखे ।

Image may contain: 4 people, people sitting, text that says "REDMI NOTE QUAD CAMERA"

प्रकाशित:
2020/12/30, 6:24