अवैध काठसहित कैलालीको जोशीपुर बाट ५ जना पक्राउ

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–अवैध काठसहित कैलालीको जोशीपुर बाट ५ जना पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिका–१ राजीपुरस्थित शंकर सामुदायिक वन नजिकैको सडकबाट अवैध काठ बोकेको २ वटा ट्याक्टरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

पक्राउ पर्नेमा भजनी नगरपालिका–२ का ३२ वर्षीय कृष्णलाल डगौरा, ३० वर्षीय वीर बहादुर डगौरा, २१ वर्षीय नवीन चौधरी, ३० वर्षीय बुधराम चौधरी र  वडा नम्बर ६ का १९ वर्षीय महेश चौधरी छन् ।

से १ त ४९६२ र अर्को नम्बर नखुलेको ट्याक्टरबाट सिमलको काठ बरामद भएको छ। उनीहरूलाई सव डिभिजन वन कार्यालय भजनीमा बुझाइएको प्रहरीले जनाएको छ । 

No description available.

प्रकाशित:
2021/01/05, 6:50