ओली समूह बैठकः भीम रावलसहितका ३ जना नेतामाथि कारबाही गर्न केन्द्रमा सिफारिस

Bhim rawal
सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कारबाही गर्न केन्द्रमा  सिफारिस गरेको छ  ।

बुधवार धनगढीमा बसेको ओली समूहको बैठकले पार्टी इन्चार्ज रावललाई बर्खास्त गर्दै  कारवाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

रावलले बैँक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेको भन्दै आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कारबाही गर्न सिफारिस गरिएको हो। 

यस्तै ओली समूहले नेकपा सुदूरपश्चिमका प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई पनि कारबाही गरेको जनाएको छ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारबाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका ८ जना नेतामाथि समेत कारबाही गरेको थियो। 

प्रकाशित:
२०७७ पुष २३, ०९:०४
SPA
KN
Priya Gahana Pasal