धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । खाल्डोको एउटा छेउमा मोटरसाइकल र अर्को छेउमा उनको शव भेटिएको छ । उनको परिचय भने खुलेको छैन । घटनास्थल प्रकृति हेर्दा राती मोटरसाइकल खाल्डोमा खसेर मृत्यु भएको हुनसक्ने देखिएको प्रहरी निरीक्षक हिक्मत थापाले बताए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनको शव पोष्टमार्टुमका लागी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।