बझाङमा भिरबाट धकेलेर युवकको हत्या

Death
सुदूर प्रेस संवाददाता

बझाङ–बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ। छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो।

स्थानीय मेला हेरेर घर फर्किने बेला गाउँकै लव बोहराले धकेलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।

‘मेला हेरेर घर फर्किँदा दुबै जनाले मदिरा सेवन गरेका रहेछन्, विवाद भएपछि उनलाई भिरबाट खसालेको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने।

भिरबाट बोहरा ६ सय मिटर तल खसेका थिए। धकेल्ने लव बोहरालाई इलाका प्रहरी चौकी बिसौनाचोरले नियन्त्रणमा लिएको छ।

प्रकाशित:
२०७७ माघ १७, ०८:५१
SPA
KN
Priya Gahana Pasal