धनगढी–प्रतिनिधि सभा विगठनको विरोधमा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन बिहानै देखि प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट चल्ने लामो दुरीका सवारी साधन चलेका छैनन् । इ–रिक्सा,म्याजिक र अटो भने फाटफुट चौराहाबाट चलिरहेका छन् ।
बजार व्यवसाय भने ठप्प छ । बन्दमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढीका चोक चोकमा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् ।