कञ्चनपुरको  पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको  पुनर्वासमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। 

शुक्रवार साँझ पुनर्वास नगरपालिका वडा नम्बर ११ अमर बस्तीमा मोटरसाइकलले ठक्कर दिँदा  धनगढी उप–महानगरपालिकाको वडा नम्बर १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।  कुरेसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित:
2021/02/13, 8:47