ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

सुदूर प्रेस संवाददाता

काठमाडौँ–प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । 

संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रदेश १ का सांसदहरूकाे भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित:
2021/02/26, 7:25