दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

sansad
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।


बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए ।


सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।

प्रकाशित:
2021/03/07, 5:49